श्रीङ्गीघाट सामुदायिक वनको समिक्षा बैठक तथा वार्षिक योजना तर्जुमा गोष्ठी सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको श्रीङ्गीघाट सामुदायिक वन उपभोक्ता समुहले समिक्षा बैठक तथा वार्षिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । आज सोमबार वन उपभोक्ता समुहका कार्यहरुलाई प्रभावकारी र उत्कृष्ट बनाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको वन उपभोक्ता समुहले जनाएको छ ।

कार्यक्रममा उपभोक्ता समुहका अध्यक्ष गणेश बहादुर सिंह ठकुरी (सुसिल) ले आर्थिक वर्ष २०८१/८२ को आम्दानी खर्च विवरण प्रस्तुत गर्दै सम्पुर्णको सल्लाह सुझावले नै वन अगाडि बढ्न सक्ने बताउनुभएको थियो । आफुहरुले वन संरक्षण देखि गरिबी निवारण र भौतिक विकासमा पनि काम गरिरहेको भन्दै त्यसलाई अझ प्रभावकारी बनाउन सबै पक्षले सहयोग गर्न आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बाणगङ्गा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत तथा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी. ले श्रीङ्गीघाट सामुदायिक वनले जिल्लामै उत्कृष्ट कार्य गरिरहेको बताउनुभयो । वनले आम्दानीको तुलनामा अलि बढी बजेट राखेको भन्दै आम्दानीका श्रोतलाई विश्लेषण गरेर बजेट प्रस्ताव गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्ने अधिकाशं व्याक्तिहरुले योजना तर्जुमा गर्नको लागी उपभोक्ता समुहले गरेको प्रयासको प्रशंसा गरेका थिए ।

कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष लक्ष्मी प्रसाद खत्री, वनका पदाधिकारी, वन विज्ञ लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *