बाणगंगा–७ का २८ भूमिहीनले पाए जग्गाधनी प्रमाण–पुर्जा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–७ मोतिपुर डाँडाका २८ भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उनीहरुलाई दुई बिघा १३ कठ्ठा जग्गाको प्रमाण–पुर्जा हस्तान्तरण गर्नुभएको हो । यससँगै बाणगंगा नगरपालिकाको ‘भूमिहीनलाई जग्गा’ दिने मूल सङ्कल्पको कार्यान्वयनको थालनी भएको छ ।

May be an image of 5 people, dais and text that says 'सीर सीर भई का लकारर को ዮላቁ FE'
नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरू, भूमि आयोगका जिल्ला अध्यक्ष र सदस्य, प्रमुख जिल्ला अधिकारी, मालपोत तथा नापी कार्यालयका प्रमुख, सर्वदलीय नेताहरू, राष्ट्रसेवक कर्मचारी, स्थानीय बुद्धिजीवी र ठूलो संख्यामा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

वडा अध्यक्ष विष्णु गिरीले आफ्नो वडाका २८ जना बासिन्दालाई जग्गा धनी पुर्जा दिलाउन सफल भएकोमा खुसी व्यक्त गर्दै भूमि आयोग, मालपोत र नापी कार्यालयका सम्पूर्ण कर्मचारीलाई धन्यवाद ज्ञापन गर्नुभयो । नगरपालिकाले यो अभियानलाई नगरका ११ वटै वडामा तीव्र गतिमा अघि बढाइने जनाएको छ ।May be an image of 6 people, flute, temple, dais and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *