जनहित अनलाइन, कपिलवस्तु । रुपन्देहीको सैनामैनामा रहेको सैनामैना पर्रोहा परमेश्वर नमुना मावि कक्षा १२ को नतिजामा उत्कृष्ट हुन सफल भएको छ । मंगलबार प्रकाशित नतिजामा विद्यालयल उत्कृष्ट हुन सफल भएको हो ।
विद्यालयका छात्र सनम थापाले नगरमै सवैभन्दा उच्च अङ्क ३.८७ जिपिए ल्याएको प्रधानाध्यापक नेत्रलाल पुरीले जनहित अनलाइन सङ्ग बताउनुभयो । उत्र्तीण प्रतिशतका आधारमा उक्त विद्यालय नगरको द्धितिय स्थानमा रहेको छ । विद्यालय बाट कुल २४२ विद्यार्थी परिक्षामा सामेल भएकोमा २०६ जना विद्यार्थी उत्कृष्ट नतिजा सहित उत्र्तीण भएका छन् ।
विगतमा पनि हरेक तहमा उत्कृष्ट नतिजा ल्यउन सफल भएको भन्दै उक्त गुणस्तरलाई वृद्धि गर्दै लैजाने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिवलाल बस्यालले बताउनुभयो ।




