सागर बेल्बासे, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर १ को उत्तमनगरमा पर्ने ऐतिहासिक महत्त्वको पहिचान बोकेको छापेढुङ्गा लाई श्री नन्दीधाम संरक्षण सामाजिक संस्थाको नामकरण गरि जिल्ला प्रसासन कार्यालय कपिलवस्तुमा दर्ता गरेर बिधिवत रुपमा प्रथम अधिवेशन समेत सम्पन्न भएको छ।परापुर्वकालदेखी बाणगङ्गा नदिमा आउने ठुला ठुला बाढिहरुले समेत दैबिक शक्तिका कारण ती शिलालाइ नबगाइ त्यसै स्थानमा शिला रहिरहेको किम्वदन्ती भएको संस्थाका सचिब हिमालय भुसालले जनाउनुभएको छ।
स्थानमा रहेको एक ठूलो शिलामा विभिन्न मुद्रा ,मुर्तिहरुको आकृती भएको पाइन्छ भने त्यस स्थानको परिसरमा रहेका अन्य शिलाहरुमा समेत विभिन्न देबि देवताका विभिन्न आकृती रहेका छन।
भागिरथी (बाणगङ्गा) नदिको दक्षिण काख र शिवमन्दिर सामुदायिक बनको बिचमा रहेका उक्त शिलाहरुमा भएका विभिन्न आकृतिहरुलाइ अन्य शिला पथ्थरले घोटेर मेटाएपनि भोलिपल्ट पुन त्यस्तै आकृती आइहाल्ने शक्ति भएको बाल्यकालका अनुभव यश क्षेत्रका सामाजिक ब्याक्तित्व शंकर पाण्डेले बताउनुभएको थियो। त्यसै गरि चितवन निवासी स्वर्गीय लेखनाथ गैरेलाइ सपनामा देवता प्रकट भै म यस्तो स्थानमा यसरी रहेको छु भन्ने धार्मिक आस्थाको शक्तिले उक्त स्थानको खोज गरि उक्त विशाल शिलालाई ब्यबस्थित ढङ्गले राखी शिवालय को रुपमा मन्दिर स्थापना गरिएको छ।पछिल्लो समय चितवन निवासी स्वर्गीय लेखनाथ गैरेकी धर्मपन्नी मोतिकला आचार्य र रुपन्देहीको भैरहवा निवासी जेष्ठ नागरिक आमा सरस्वती भन्डारी समेतलाइ एक ॠषिमुनी तपस्यामा रहेर यहाँ केही गर भन्ने दृश्य आदेश गरेकाले उहाँहरु दुबैजना समेत आइ त्यस स्थानको खोज,पहिचान गरि संरक्षण तथा बिकासका लागि स्वतस्फूर्त आर्थिक सहयोग समेत उपलब्ध गराउनुभएको छ।
यश क्षेत्रमा रहेका आम टोलबासिको आयोजनामा हरेक बर्सको महाशिवरात्रीको अवसरमा रुद्री पुजा गरिने र सोही दिनमै उक्त शिलाको प्रत्यक्ष दर्शन संगै जल ,दूध,अर्घ अर्पण गरि त्यस पुजाको प्रसाद ग्रहण गर्दा ब्याक्तिगत, पारिवारिक ,व्यावसायिक र सामाजिक मर्यादा सहित शुख खुसी र शान्ति मिल्ने मान्यता रहेको स्थानीय जेष्ठ नागरिक हुमलाल घिमिरे ,चन्द्रमणी पोख्रेल,खिमकला बेल्बासे लगायतले बताउनुभएको छ।
दैबिक शक्तिको लोक मान्यता केन्द्रको रुपमा रहेको उक्त स्थानको थप पहिचान,संरक्षण र सम्बर्द्धनका लागि बिधिवत रुपमा संस्था दर्ता गरि ३२ जना आजिवन सदस्य सहित करिब ३०० जना साधारण सदस्य बनिसकेको अवस्थामा आज जिवलाल गैरेको अध्यक्षतामा प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ।तदर्थ समितिले गरेका हाल सम्मका गतिविधिबारे अध्यक्ष ,सचिब र कोषाध्यक्षका प्रगति प्रतिवेदनहरु क्रमश जिवलाल गैरे,हिमालय भुसाल र नर्मदा पौडेलले पेश गरि सर्वसम्मत अनुमोदित गराउनुभको थियो।
बिहिबार भएको कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेस सदस्य बिस्णु पन्थी,विशिष्ट अतिथी धार्मिक एबम आध्यात्मिक ब्याक्तित्व बाबा योगिराज ,विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु क्रमश रबिराज ज्ञवाली,तिलक खत्री,डोलकराम घिमिरे ,नवदत्त घिमिरे ,राजकुमार खाँड,नवीन ढुङाना,बिजय शाही,राम प्रसाद गैरे,शंकर पाण्डे ,अर्जुन शाहि,लालमणि पौडेल ,ठाकुर घिमिरे ,लक्ष्मण बेल्बासे,अर्जुन पोख्रेल,बुद्धि सागर बेल्बासे,जेष्ठ नागरिक हुमलाल घिमिरे ,चन्द्रमणी पोख्रेल लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।आज भएको कार्यक्रममा उपाध्यक्ष सीता गैरेको स्वागत मन्तब्य,नवदत्त घिमिरे ,बिजय शाही,अर्जुन पोख्रेल , रबिराज ज्ञवलि,डोलकराम घिमिरे बाबा योगिराज सहित प्रमुख अतिथी बिस्णु पन्थिले यश क्षेत्रको तथा यसै धार्मिक संस्थाको पहिचान ,संरक्षण र बिकासमा आआफ्ना स्थानबाट सबै लाग्ने कुरामा प्रतिबद्द्ता ब्यक्त गर्दै कार्यक्रम ,संस्था र नयाँ नेतृत्वलाई समेत सफताको शुभकामना मन्तब्य राख्नुभएको थियो।आज भएको प्रथम साधारणसभा बाट अर्जुन शाहिको संयोजकत्वमा बुद्दिसागर बेल्बासे र खिमा पोख्रेल सदस्य रहेको ३ सदस्य निर्वाचन मन्डल बनाइ निर्वाचन प्रक्रियामा अगाडि बढेको थियो।
निर्वाचन मण्डलले बिधानत उम्मेदवारी मनोनयन दर्ता गरि अध्यक्ष जिबलाल गैरे,उपाध्यक्ष सीता गैरे,सचिब हिमालय भुसाल,सह सचिब धुर्व पन्थी,कोषाध्यक्ष स्नर्मदा पौडेल सदस्यहरुमा क्रमशः लिल बहादुर पहराइ,शालिकराम शाही,भोनु थारु र मिना परियार सहितको ९ सदस्यीय समाबेसी नेतृत्वलाई सर्वसम्मत निर्वाचित गरेको निर्वाचन मण्डल सदस्य बुद्धि सागर बेल्बासेले जानकारी गराउनुभएको छ।
संस्थाको पहिलो सत्र हिमालय भुसालले संचालन गर्नुभएको थियो भने निर्वाचन सत्रमा संयोजक अर्जुन शाही को अध्यक्षतामा बुद्धि सागर बेल्बासेले संचालन गरि निर्वाचित समुहको प्रतिनिधित्व गर्दै नवनिर्वाचित अध्यक्ष जिवलाल गैरेको प्रतिवद्दता संगै सबैलाइ पद तथा गोपनियताको सपथ गराइ बाबा योगिराज र समाजसेवी डोलकराम घिमिरे बाट टीका तथा बधाइको शुभकामना प्रदान संगै कार्यक्रम समापन गरिएको थियो।



