शिवराज नगरपालिकामा कृत्रिम माला बिक्रीमा कडाई

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले बजार अनुगमनको क्रममा विभिन्न पसलहरूबाट प्लास्टिकका माला जफत गरेको छ। नगरपालिकाले कृत्रिम फूल र मालाको उत्पादन, बिक्री, र ओसारपसारमा यसअघि नै प्रतिबन्ध लगाएको थियो।

नगर प्रमुख अजय थापाका अनुसार, प्लास्टिकजन्य उत्पादनहरूले वातावरणमा हानिकारक प्रभाव पार्ने भएकाले नगरपालिकाले यस्तो कदम चालेको हो। अनुगमनका क्रममा केही व्यवसायीहरूले सूचनाको अटेरी गर्दै कृत्रिम माला बेचिरहेको पाइएपछि ती पसलहरूबाट प्लास्टिकका माला जफत गरिएको हो।

नगरपालिकाले प्राकृतिक फूलहरूको प्रयोगलाई प्रोत्साहन गर्ने योजना बनाएको छ भने अटेरी गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *