शितगंगा १३ मा आवाज विहीन नागरिक सङ्ग सचेतना कार्यक्रम सम्पन्न 

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु ।  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले जिल्लामा शान्ति सुरक्षा अमन चयन कायम गर्न प्रहरी लागिपरेको बताउनुभएको छ । प्रहरी जनताकै सुरक्षाको लागी रहेको भन्दै समुदायमा शान्ति सुरक्षा कायम गर्न स्थानीय र प्रहरीले हातेमालो गर्नुको विकल्प नरहेको बताउनुभयो ।
बिहीवार शितगंगा नगरपालिका वडा नम्बर १३ मा सम्पन्न भएको आवाज विहीन नागरिक सङ्ग सचेतना तथा प्रहरी(समुदाय साझेदारी कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा सहभागी बाट आएका प्रश्न, जिज्ञासा तथा गुनासाहरुको सम्बोधन गर्दै मल्लले सिमलपानी प्रहरी चौकीको भवन निर्माण प्रक्रिया अगाडि बढेको बताउनुभयो । लामो समयदेखि स्वयं प्रहरी र स्थानीयको माग बमोजिम सिमलपानीमा प्रहरी भवन निर्माणको लागि प्रक्रिया थालिएको उहाँले बताउनुभयो ।
त्यस्तै शितगंगा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दुर्गा बहादुर वि।सी। ले वडावासीकै इच्छा र आवश्यकता अनुरूप काम गरिरहेको बताउनुभयो । सामाजिक सञ्जालमा केही अराजक व्यक्तिले अनेकौँ आरोप लगाएको भन्दै त्यसलाई प्रमाणित गर्न चुनौती समेत दिनुभयो । दुई वर्षे कार्यकालमा आफुले गरेका कामहरुको जनताले मुल्यांकन गरेको बताउनुभयो । फरक प्रसङ्गमा उहाँले सिमलपानीमा पहिलोपटक जिल्ला प्रहरीकै प्रमुखलाई बोलाएर समस्या तथा आवश्यकताहरू राख्न पाएको भन्दै खुसी समेत व्यक्त गर्नुभयो ।
त्यस्तै इलाका प्रहरी कार्यालय ठाडाका प्रमुख प्रहरी निरीक्षक रवीन्द्र चन्दले समग्र शितगङ्गा नगरपालिकामा भएगरेका घटना तथा शान्ति सुरक्षाको बारेमा जानकारी गराउनुभएको थियो ।   शितगंगा विशेषगरि आत्महत्या, बालविवाह, आगलागी, मादक पदार्थ सेवन गरि गरिने विभिन्न नकारात्मक कार्यहरू लगायतका घटनाहरूको सङ्ख्या धेरै रहेको उहाँले बताउनुभयो । सङ्गै उहाँ लागू औषध दुर्व्यसनी र यसका कानुनी कुराहरुको बारेमा समेत जानकारी गराउनुभएको थियो ।
त्यस्तै कार्यक्रममा समग्र वडाका गतिविधिको बारेमा वडा सदस्य टानबहादुर वि।सी। ले जानकारी गराउनुभएको थियो ।
त्यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रेम नारायण आचार्यले, विद्यालयको नेतृत्व गर्दै श्री प्रभाकर माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम बहादुर वि।सी। लगायतले विभिन्न समस्या तथा गुनासाहरू राख्नुभएको थियो ।
कार्यक्रममा आधिकांश सहभागीहरूले बसाइँसराइ, जङ्गली जनावरको कृषि खेतमा आतङ्कको, बाटो, स्वास्थ्य, शिक्षा लगायतका विषयमा गुनासाहरू राखेका थिए ।
वडा अध्यक्ष दुर्गा बहादुर वि।सी को अध्यक्षता, वडा सदस्य बाबुराम वि।सी को स्वागत मन्तव्यमा भएको कार्यक्रममा प्रेस युनियन लुम्बिनी प्रदेश सचिव सुर्य प्रसाद भुसाल,  नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश परिषद सदस्य विष्णु कुमार आले, जिल्ला सदस्य सागर महत, कार्यक्रमको प्रविधिक सहयोगी संस्था जनहिताए अनलाइनकि व्यवस्थापक अनिता क्षेत्री, विभिन्न संघ संस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी, जेष्ठ नागरिक, राजनैतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगयतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *