लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख मुसलमानको निधन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 

लुम्बिनी । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ ।

नगरप्रमुख मुसलमानको करिब ७० बर्षको उमेरमा आज शनिबार करिब ९ बजे हृदयघातका कारण मृत्यु भएको उपप्रमुख कल्पना हरिजनले पुष्टि गर्नुभयो ।

उपप्रमुख हरिजनले नगरप्रमुखको असामयिक निधनले सम्पूर्ण नगरवासी स्तब्ध बनेको बताउनुभयो ।

नगरप्रमुख मुसलमान स्थानीय विकास र जनसरोकारका मुद्दामा सक्रिय नेतृत्वकर्ता मानिन्थे । उनका योजनागत काम र नगरलाई पर्यटकीय दृष्टिले प्रवर्द्धन गर्ने पहललाई नगरवासीले उच्च मूल्याङ्कन गर्दै आएका थिए ।

मुसलमानको हृदयघातका कारण शनिबार बिहान निधन भएको नगरपालिकामा परामर्शदाता तुलसीराम लामिछानेले जानकारी दिए ।

गत निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुखमा विजयी भएका थिए । उक्त निर्वाचनमा मुसलमानले जनमत पार्टीका सीके गुप्तालाई पराजित गरेका थिए ।

स्थानीय युवा करण पाण्डेका अनुसार बिहान मुसलमानको छातीमा समस्या देखिएपछि परिवारले उपचारका लागि चिकित्सकसहित भैरहवास्थित अस्पताल लैजाने क्रममा भैरहवा–लुम्बिनी सडक अन्तर्गत महजिदिया नजिक मृत्यु भएको पाण्डेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *