जनहित अनलाइन, कपिलवस्तु । केहि समयदेखि रिक्त रहेको कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षको लागि राप्रपाका ईन्तियाज अहमदले उम्मेद्वारी घोषणा गरेका छन । एक कार्यक्रमका बिच उनलाई वडा अध्यक्ष पदको लागि उम्मेद्वार घोषणा गरिएको केन्द्रिय सदस्य ध्रुव रायमाझीले जनहित अनलाइन सङ्ग बताउनुभयो ।


उम्मेद्वारी घोषणा गर्दै अहमददले वडावासीको आवश्यक्ता र चाहाना बमोजिम काम गर्ने प्रतिबद्धता जनाएका छन । राप्रपाको निति नियम र सिद्धधान्त नै देश र जनताको पक्षमा रहेको भन्दै त्यो भन्दा बाहिर नजाने बताए ।
उम्मेद्वारी घोषणा कार्यक्रममा केन्द्रिय सदस्य ध्रुव रायमाझी, जिल्ल अध्यक्ष नारायण बहादुर सिङ, युवकका केन्दिय सदस्य बहुरन पान्डे, प्रदेशसभा ख का अध्यक्ष रोशान शाह, शुद्धोधन गांउपालिका अध्यक्ष बिजय कुमार पान्डे लगायतको उपस्थिती तथा मन्तव्य रहेको थियो ।




