कपिलवस्तु,। हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ।
आइतबार दिउँसो बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभाग मौसम सफा रहने पूर्वानुमान छ।
राति कोशी, बागमति र गण्डकी पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौमस सफा रहने पनि महाशाखाले जनाएको छ।
बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


