मनसुन कमजोर बन्दै:आज ठूलो पानी पर्ने सम्भावना कम

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाण्डौ । केही दिनदेखि सक्रिय मनसुन कमजोर बन्दै गएको छ । आज ठूलो पानी पर्ने सम्भावना कम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमबाहेक अरू प्रदेशका थोरै ठाउँमा अहिले बिहान हल्का वर्षा भैरहेको छ ।

बिहान सुर्खेत, रूकुम, म्याग्दी, कास्की, सिन्धुपाल्चोक, दोलखा, ताप्लेजुङलगायतका जिल्लामा सामान्य वर्षा भएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *