बुटवलमा छाडा चौपाया व्यवस्थापनको अभियान सुरु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुटवल । बुटवल क्षेत्रको मुख्य चुनौतीका रुपमा रहेको छाडा चौपाया (गाइ र गोरु) व्यवस्थापनको अभियान सुरु भएको छ ।बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयका अनुसार चैत्र मसान्तसम्म नियमित रुपमा अभियान चल्ने छ ।

अभियान गोलपार्क, लक्ष्मीनगर चोक, नेपालगञ्ज रोड, दुर्गामन्दिर, भुड्कीचोक, सिद्धेश्वर मैदान, मिलनचोक, नयाँ बसपार्क, कालिका चोक र योगीकुटी चोक लगायतका क्षेत्रमा अभियान संचालन हुने छ । सडकका छाडा चौपाया शिवनगर स्थित गौशालामा राखिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *