जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ८ लौगाई स्थित बाणगंगा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । अध्यक्षमा शिव शर्मा (शिशिर पौडेल) सहित उनको प्यानल नै निर्वाचित भएको हो ।
सचिवमा अनेरास्ववियुकै प्रदिप पौडेल, कोषाध्यक्षमा ममता थारु निर्वाचित भएका छन् भने सदस्यहरुमा निर्मला सुनार (निशा), जीवन रायमाझी, पुष्पा घिमिरे, अन्जु कंडेल र रजनी विश्वकर्मा निर्वाचित भएका हुन् ।

चुनावी प्रतिस्पर्धामा रहेका अनेरास्ववियुका शिशिरले निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेद्वार विशाल विसीलाई ४५ मतान्तरले पराजित गरेका छन । विसीले ७३ र नेविसंघका पुजन बहादुर मल्लले ४६ मत प्राप्त गरेका छन ।
यता सचिव तर्फ विद्यार्थी माझ लोकप्रिय अनेरास्ववियुका प्रदिप पौडेल १ सय ३६ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेद्वार मन्जीत बेल्बासेलाई ८१ मतान्तरले पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् भने नेविसंघका मिना ढुंगानाले ४० मत प्राप्त गरिन् ।
कोषाध्यक्षमा अनेरास्ववियुकी ममता थारु १ सय १ मतका साथ निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेद्वार लक्ष्मण आचार्यलाई १९ मतले पराजित गर्दै निर्वाचित भएकी हुन् । स्वतन्त्रका आचार्यले ८२ तथा नेविसंघका प्रसुना भण्डारीले ४० मत प्राप्त गरिन् ।




