बाणगंगाको मधुबन स्थित भगीरथी गौ संरक्षण विकास केन्द्रमा डिप बोरिङ ड्रिल कार्य सुरु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बाणगंगा ।  कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ८ स्थित मधुबनमा रहेको भगीरथी गौ संरक्षण विकास केन्द्रमा गाईहरूका लागि आवश्यक खानेपानी र घाँस तथा अन्य बोटबिरुवाको सिचाइका लागि डिप बोरिङ ड्रिल कार्य आजदेखि औपचारिक रूपमा सुरु गरिएको छ।

यो कार्य सङ्घीय खानेपानी तथा ढल निकास आयोजना, बुटवल शाखा र बाणगंगा नगरपालिकाको संयुक्त लगानीमा, बाणगंगा खानेपानी तथा सरसफाई उपभोक्ता महासङ्घको समन्वयमा सुरु गरिएको हो।

उक्त योजनाको उद्यघाटन बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले डिप बोरिङ ड्रिल मेसिनको स्विच अन गरी शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा संघीय आयोजना बुटवलका सिनियर इन्जिनियर शेखरचन्द्र के.सी., रोशन घिमिरे, बाणगंगा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष तथा नगर प्रवक्ता बिष्णु पौडेल, खानेपानी उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य विश्व कार्की, तथा जिल्ला अध्यक्ष राजेन्द्र विक्रम शाह लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

नगर प्रमुख अर्यालले यस कार्यलाई “पुण्यको कार्य“ भन्दै गाइहरूको संरक्षण तथा समुचित व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माणमा नगरपालिका सधैं तत्पर रहेको बताउनुभयो ।

उक्त पवित्र कार्यमा समर्पणका साथ साथ दिएको योगदानप्रति बाणगंगा नगरपालिकाले सबै सरोकारवालाहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै योजना पूर्ण सफलताको शुभकामना समेत व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *