कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तुले महासंघको ६९ औ स्थापना दिवस सामाजिक कार्य गरि मनाएको छ ।
महासंघको स्थापना दिवसको अवसरमा महासंघ कपिलवस्तुले कपिलवस्तु वालगृहमा रहेका वालकहरुलाई शैक्षिक र खेलकुद सामग्री वितरण गरेको महासंघ जिल्ला शाखा कपिवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले जानकारी दिए ।
अध्यक्ष बज्राचार्यले स्थापना दिवसमा सम्पुर्ण श्रमजीवि पत्रकारहरुलाई शुभकामना व्यक्त गर्दै महासंघ श्रमजीवि पत्रकारहरुको पक्षमा रहेको बताए । शैक्षिक र खेलकुद सामाग्री ग्रहणसंगै वालगृहका वालकहरु खुसी भएका छन् ।
कार्यक्रममा महासंघ जिल्ला अध्यक्ष बज्राचार्यसंगै, वालगृहका कार्यालय प्रमुख राम प्रसाद अर्याल, महासंघका सचिव जानु पाण्डे, कोषाध्यक्ष मोहन बेल्बासे, नेपाल प्रेस युनियन कपिलवस्तु शाखा सभापति खग प्रसाद चापागाई लगायत जिल्लाका सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो ।

