जनहित अनलाइन कपिलवस्तु । बाणगङ्गाको चारनम्बरमा रहेको द रोयल फिटनेस क्लबले युवा पुस्ता लगायत सबै उमेरका व्यक्तिहरूलाई लक्षित गर्दै जुम्बा क्लास सञ्चालनमा ल्याएको छ। स्वास्थ्य र फिटनेसप्रति बढ्दो रुचिलाई ध्यानमा राख्दै क्लबले यस प्रकारको रमाइलो र प्रभावकारी व्यायाम विधि ल्याएको सञ्चालक सुगम खनालले जनहित अनलाइन लाई बताए ।

जुम्बा जसको अर्थ “नाचको व्यायाम” हो । यो एउटा लोकप्रिय फिटनेस नृत्य कार्यक्रम हो। यसमा सङ्गीतको तालमा नृत्य गर्दै शारीरिक सक्रियता र तन्दुरुस्तीलाई प्राथमिकता दिइन्छ। जुम्बा केवल व्यायाम मात्र नभई मनोरञ्जनका साथ स्वास्थ्य सुधार गर्ने माध्यमका रूपमा परिचित रहेको छ । धेरै ब्यक्तिहरू नाच सङ्गै व्यायाम गर्न रुचाउने भएकाले जुम्बा सञ्चालनमा ल्याएको बताएका छ्न ।
क्लबले स्वास्थ्यप्रति चासो राख्ने र यसमा सहभागि हुन खोज्नेका लागि भर्ना शुल्क निःशुल्क गरेको छ । वर्तमान समयमा विशेषगरी युवापुस्ता, गृहिणी, तथा वृद्धवृद्धाका लागि पनि उपयुक्त रहेको सञ्चालकहरू बताउँछन । व्यायाम गरौँ स्वस्थ जीवनशैली अपनाउ भन्ने अभियानलाई नयाँ नयाँ स्वरूपमा देख्दा स्थानीयले समेत प्रशंसा गरेको उनीहरूको भनाइ छ ।






