दोस्रो मुख्यमन्त्री तिलौराकोट गोल्डकप फागुन १४ देखि २१ गतेसम्म हुने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन । दोस्रो मुख्यमन्त्री तिलौराकोट गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । आईतबार पत्रकार सम्मेलनमार्फत कपिलवस्तु जिल्ला फुटवल संघको आयोजनामा उक्त गोल्डकप यही फागुन १४ देखि २१ गतेसम्म हुन लागेको जानकारी गराईएको हो ।

जिल्लाको बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा हुन लागेको उक्त गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष तिलक थापाले जानकारी दिए ।

उनले कपिलवस्तुका पर्यटन क्षेत्रलाई खेल पर्यटनको माध्यमबाट विकास उद्देश्यसहित गोल्डकप गर्न लागेको स्पष्ट पारे । उनले खेल अवधिभर खेलाडीहरुलाई कपिलवस्तुका विभिन्न पर्यटकिय क्षेत्रहरुको स्थलगत भ्रमण समेत गराउने योजना रहेको सुनाए । यसले समग्र कपिलवस्तुको पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसारसंगै पर्यटनलाई माथि उकास्न महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

प्याराफिट, बाउण्ड्री निर्माणको काम सम्पन्न हुने चरण रहेको बताउँदै उनले अन्य अन्तरिक तयारीका कामहरु तीब्र गतिका साथ भएको बताए । उनले यस गोल्डकपको समग्र कपिलवस्तु र प्रदेशवासीले नै अपनत्व लिनुपर्ने बताए ।

उनले गोल्डकपमा कपिलवस्तु( ११, संकटा एफसी, मछिन्द्र क्लव काठमाण्डौ , हिमालयन शेर्पा, नेपाल पुलिस, थ्री स्टार क्लव, विफसी चितवन र जोन्जी एफसी सिक्किम गरि ८ वटा टोलीको सहभागिता रहने जानकारी दिए ।

उनले कपिलवस्तु( ११ र संकटा एफसीबीच फागुन १४ गते उद्घाटन खेल बताए ।

जिल्ला फुटबल संघ कपिलवस्तुका कोषाध्यक्ष गणेश बहादुर सिंह ठकुरी ‘शुसिल’ ले गोल्डकपको उपाधि हात पार्ने टिमले रु। ११ लाख ११ हजार १११ र उपविजेता हुने टिमले रु।५ लाख ५५ हजार ५ सय ५५ नगद पुरस्कार पाउने जानकारी दिए ।

उनले विभिन्न विधागत रुपमा उत्कृष्ट खेलाडीलाई रु।३०र३० हजार, प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ हुने खेलाडीलाई रु।१० हजार र गोल्डकपकै सर्वोत्कृष्ट खेलाडीलाई रु।५० हजार प्रदान गरिने बताए । उनले खेल हेर्न दैनिक टिकटसंगै पासको व्यवस्था गरिएको जानकारी दिए ।

पहिलो चरणका खेलहरुमा टिकटदर रु।२००, सेमिफाईनल खेलमा रु।३०० र फाईनल खेलमा रु।४०० कायम गरिएको उनले जानकारी दिए । उनले सबै खेलको पासका लागि एक हजार रुपैयाँ निर्धारण गरिएको बताए ।

पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले दोस्रो मुख्यमन्त्री तिलौराकोट गोल्डकप कपिलवस्तुमा हुन सबैका लागि गर्वको विषय भएको बताए । उनले खेलअवधिभर दैनिक रुपमा खेलका विविध गतिविधिको पत्रकारहरुले रिपोटिङ गरेर साथ दिने प्रतिवद्धता जनाए ।

गोल्डकप संचालनका क्रममा आर्थिक पारदर्शितालाई विशेष ध्यान दिन उनले सुझाव समेत दिए । गोल्डकप सम्पन्न भईसकेपछि पनि यसै गरि पत्रकार सम्मेलन गर्नुपर्ने उनको भनाई छ ।

उक्त पत्रकार सम्मेलन कार्यक्रमको संचालन कपिलवस्तु जिल्ला फुटवल संघका महासचिव चन्द्रकान्त पोख्रेलले गरेका थिए ।

यस्तो छ खेल तालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *