जनता माध्यमिक विद्यालय बाणगंगा  कपिलवस्तुको ६३ औँ वार्षिक उत्सव सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बाणगंगा । जनता माध्यमिक विद्यालय, बाणगंगा नगरपालिका २ पिपराले ६३ औँ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री तथा कपिलवस्तु क्षेत्र नं. १ का सांसद बलराम अधिकारीले जनता मावि बहुप्रतिभाको खानी भएको र यसले अंग्रेजी माध्यममा अध्यापन गराएर उत्कृष्ट नतिजा दिन सफल भएको बताए।

उनले विद्यालयको आफ्नो नाममा जग्गा नरहेकोमा चिन्ता व्यक्त गर्दै जग्गा प्राप्तिका लागि आफ्नो प्राथमिकतामा रहेको र जग्गा विद्यालयको नाममा दिलाउनका लागि पहल गर्ने प्रतिबद्धता जनाए। अधिकारीले जनताले प्राविधिक धारतर्फ राष्ट्रकै उत्कृष्ट विद्यालयको रूपमा सम्मानित भइसकेकाले सरकारको प्राथमिकतामा रहेको सामुदायिक विद्यालय भएको बताए ।

बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले जनता माविलाई रचनात्मक कार्यहरू गरेको जिल्लाकै उत्कृष्ट विद्यालयको रूपमा प्रशंसा गर्दै विज्ञान विषयको अध्ययनसमेत यसै विद्यालयमा हुने हुँदा आफूहरुले पनि नगरबाट सहयोग गर्दै आएको बताए । नेपाली कांग्रेसका नगर सभापति विष्णु थापाले विद्यालयलाई अझ उत्कृष्ट बनाउन आग्रह गर्दै यहाँको गुणस्तरीय र व्यावसायिक शिक्षा अन्य विद्यालयले पनि सिको गर्नुपर्ने बताए।

विद्यालयका प्राचार्य रमेश पन्थीले शिक्षक सम्मानले शिक्षकहरूलाई लामो समयसम्म काम गर्न ऊर्जा मिल्ने बताए। उनले शिक्षक अधिकारका लागि निरन्तर आन्दोलनमा रहेको र कर्म निर्वाहका लागि दत्तचित्त भएर लागिरहेको बताए।

कार्यक्रममा विद्यालयका शिक्षक टीकाराम भुसाल, हरिबहादुर थारू, बाबुराम घिमिरे, कल्पना पाण्डे, लक्ष्मी थारू, नमिता भट्टराई र विद्यालय गानका रचनाकार शम्भु प्रसाद अधिकारी र सवारी चालक तारा बहादुर कार्कीलाई नगद, दोसल्ला तथा सम्मान पत्रले सम्मानित गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद पाण्डेले विद्यालयले बहुप्रतिभाको विकास, अनुशासन र क्षमता विकासमा जोड दिएको बताउँदै सबैको साथ र सहयोगले यहाँसम्म आएको बताउँदै आगामी दिनमा पनि सहयोग र साथको अपेक्षा गरेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा सांसद विष्णु प्रसाद पन्थी, नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाकाका पूर्व अध्यक्ष भेषराज पाण्डे, शाखाका सहसचिव कृष्ण प्रसाद पौडेल, शिक्षा समन्वय समिति इकाई कपिलवस्तुका प्रमुख लोकनाथ मरासिनी, बाणगंगाका नगर प्रवत्ता तथा वडा नं। २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, बाणगंगाका शिक्षा शाखा प्र्रमुख खिम बहादुर जिसी लगायत स्थानीय बुद्धिजीवी, अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थीहरूले विभिन्न प्रतिभाहरू प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक श्याम खनाल र उज्जवल अधिकारीले गरेका थिए। विद्यालयको वार्षिक प्रतिवेदन शिक्षक शम्भु अधिकारीले प्रस्तुत गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *