चितुवाको आक्रमणबाट चार जना घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नवलपरासी ।  चितुवाको आक्रमणबाट नवलपरासी पश्चिमका चार जना घाइते भएका छन् । शुक्रबार बिहान चितुवाको आक्रमणबाट प्रतापपुर र सुस्ता गाउँपालिकाका स्थानीयहरू घाइते भएका हुन् । सुरुमा चितुवाले प्रतापपुर गाउँपालिका–६ का ३६ वर्षीय रघुवीर केवटलाई आक्रमण गरेको थियो ।

पुल नजिकै काम गरिरहेका केवटलाई आक्रमण गरेपछि अन्य दुई स्थानका थप तीन जनालाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी र बीरदत्त पन्तले बताउनुभयो ।

घाइते हुने अन्य तीन जनामा प्रतापपुरकै वडा नम्बर ६ का ३० वर्षीय प्रेम कोइरी, २८ वर्षीय उमालाल कोइरी र सुस्ता गाउँपालिका–५ का २७ वर्षीय महमद मिया रहनुभएको छ । उहाँहरूका ढाड, अनुहार, हात र टाउकोमा घाउ परेको छ । घाइते सबैको अवस्था सामान्य रहेको र उपचारपछि फर्केको प्रहरीले जनाएको छ ।

आक्रमण गर्ने चितुवा राष्ट्रिय निकुञ्जबाट आएको हुन सक्ने वन कर्मचारीहरूले बताएका छन् । त्यस क्षेत्रमा ठुलो केराबारीहरू रहेकाले त्यही लुकेको आशङ्कामा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । स्थानीयलाई क्रमैसँग आक्रमण गर्न थालेपछि स्थानीयहरू यतिबेला त्रसित बन्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *