चाडपर्वको असर: चारनम्बर पनि सुनसान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । बडादशैँको अघिल्लो दिन सम्म देशका प्रमुख सहरहरु सुनसान बनेका छन । दशैँ तिहार लगायतका चाडपर्व मनाउनको लागि देशका काठमाडौ, बुटबल लगायतका प्रमुख सहर सुनसान बनेका हुन ।

पाहाडी जिल्ला सङ्ग जोडिएको कपिलवस्तुमा पनि धरै मानिसहरुले जिल्ला छाडेका छन । विविध कारणले कपिलवस्तुमा बस्दै आएका अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, स्याङ्जा लगायतका मानिसहरु चाडपर्व मनाउ फर्किदा कपिलवस्तुका प्रमुख चोकहरु सुनसान बनेका हुन । पाहाडी समुदायको बाहुल्यता रहेको बाणगंगाको चारनम्बर, बोडगाउँ, बनगाई, बैरिया, पिपरा लगायतका चोकहरु सुनसान बनेका हुन । दसैँ मनाउन मात्र नभई व्यापार, अध्ययन र रोजगारीका क्रममा कपिलवस्तुमा रहेका मानिस घर फर्केका हुन ।

त्यस्तै घटस्थापनादेखि फूलपातीसम्मको अवधिमा बुटवलबाट पनि करिब डेढ लाख यात्रु बाहिरिएको अनुमान गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख एसपी मित्रबन्धु शर्माका अनुसार प्रहरीले संकलन गरेको तथ्याङ्कअनुसार बस समितिबाट मात्रै करिब ४५ हजार यात्रु टिकट काटेर यात्रा गरेका छन् । त्यस्तै, जिप, निजी सवारीसाधन र अन्य माध्यममार्फत यात्रु बाहिरिने सङ्ख्या जोड्दा करिब १ लाख ५० हजार पुगेको अनुमान गरिएको हो ।

लुम्बिनी प्रदेशका पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, प्युठान र दाङका नागरिकको ठुलो सङ्ख्याले बुटवल र कपिलवस्तुलाई आफ्नो आधारस्थल बनाएका छन ्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *