गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 

गुल्मी । गुल्मीमा सुतिरहेको अबस्थामा एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी–ढोरपाटन सडक खण्डमा मजदुरी गर्दै आएका रोल्पा जिल्ला लुङग्री गाउँपालिका –२ निवासी ५२ बर्षीय शिभराम खड्का रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगा बहादुर सारुले जानकारी दिएका छन् ।

जिल्लाको मदाने गाउँपालिका  ६ दुल्लीघाट स्थित पुष्कर थापाको घरमा भाडामा बस्दै आएका थापा आज बिहान ६ बजे उठेर पुनःसुतेको बताइएको छ । खड्कासँगै बस्ने अन्य १३ जना मजदुरहरु बिहान ६ बजे उठेर काममा गएका थिए । खाना खाने समयमा फर्केर आउँदा पनि खड्कालाई सुतिरहेको देखेपछि उठाउन खोज्दा नउठेपछि मृत्यु भइसकेको अबस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक सारुले बताए ।

घटनाको जानकारी पाए लगत्तै मंगलबार बिहानै इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी टोली घटना स्थलमा पुगि घटनास्थललाई सुरक्षित राखेको थियो । घटनाको बारेमा जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुको नेतृत्वमा थप टोली मंगलबार विहान अनुषन्धानका लागि घटनास्थल पुगेर फर्किसकेकोे छ ।

मृतक खड्काको शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याई पुराईएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटनाको बारेमा थप अनुषन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *