गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गुल्मी । जिल्लाको सत्यवती गाउँपालिका-४  मा गएराति मलामी बोकेको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।दुर्घटनामा ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।

रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किने क्रममा लु १ च ४३२० नम्बर को पिकअप जीप मौरीओडार स्थित शाहघाट लिम्घाको भित्री सडकमा दुर्घटनामा परेको हो ।

जीप ब्रेक फेल भई सडकबाट करिब ४० मिटर तल खसेको प्रहरी उपरीक्षक पोखरेलले बताए।

घाइतेमध्ये चारजनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ। अन्य घाइते ८ जनाको स्थानीय जोहाङ प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *