गुल्मी । गुल्मीमा नुहाउने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धुर्कोट गाउँपालिका(६ का १५ वर्षका राजेश कुमाल रहेका छन् ।सोमबार सिस्तुङस्थित छल्दी खोलामा नुहाउने क्रममा डुबेर राजेशको मृत्यु भएको गुल्मीका प्रहरी नायब उपरीक्षक डी.एस.पी गंगाबहादुर सारुले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


