काश्मिर आतंकवादी हमलामा मृत्यु भएका सुदिप न्यौपानेको शव बुटवल ल्याइयो 

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रुपन्देही । छिमेकी मुलुक भारतको काश्मिरमा भएको मङ्गलवार आतंकवादीको आक्रमणमा मृत्यु भएका बुटवलका सुदिप न्यौपानेको शव अहिले बुटवलस्थित घरमा ल्याइएको छ।

आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि काश्मिर गएका बुटवलका युवा सुदिप न्यौपानेको मङ्गलवार हमलामा ज्यान गएको थियो । आतंककारीहरूले पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी पनि मारिएका हुन्।

सुदिपको पार्थिव शरीर आज बिहान सुनौली नाका हुँदै बुटवल कालिकानगर घरमा ल्याइएको हो। परिवार स्रोतका अनुसार पार्थिव शरीर आजै अन्त्येष्टि गरिने छ। आजै उनको त्रिवेणीमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ।

अहिले उनको घरमा सबै आफन्त जम्मा भएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *