कपिलवस्तु हाटबजार व्यवसायी समिति: बेल्वासेको नेतृत्वमा नयाँ कार्यसमिति चयन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु हाटबजार व्यवसायी समितिको अध्यक्षमा यमलाल बेल्वासे निर्वाचित भएका छन् । समितिको शुक्रबार भएको २०औं बार्षिक साधारण सभा तथा १० औं अधिवेशनबाट बेल्वासे अध्यक्षमा निर्विरोध सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।

अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा गोविन्द पोख्रेल, उपाध्यक्षहरुमा मधु केसी, रत्ना कार्की, देवीप्रसाद बेल्वासे, सचिवमा गणेश कुमार न्यौपाने, सहसचिवमा सरिता केसी, हुम बहादुर बेल्वासे, कोषाध्यक्षमा अब्दुल अजिज सिद्धिकी निर्वाचित भएका निर्वाचन मण्डलले जनाएको छ । निर्वाचन मण्डलका अनुसार कार्यसमिति सदस्यहरुमा खडक बहादुर ठकुरी, आयुसा श्रेष्ठ, विनोद कुमार गुप्ता, कृष्ण बहादुर विष्ट, मैफुज आलम, गुन बहादुर नेपाली, दुर्गा पौडेल, शैलेन्द्र लोध, पिरुल्ला मुसलमान, सिता नेपाली, केशव खरेल, कमला नेपाली र सन्तोषी सारु निर्विरोध निर्वाचित भएका हुन् ।

नवनिर्वाचित अध्यक्ष बेल्वासेले आफ्नो टिमले व्यवसायीहरुको हकहितमा काम गर्ने जिकिर गरेका छन् । उनले सबै व्यवसायीलाई मिलाएर लैजाने बताउँदै कपिलवस्तु हाटबजार व्यवसायी समितिलाई सबै हाजबजार व्यवसायीहरुको साँझा संस्थाका रुपमा विकास गर्ने प्रतिवद्धता जनाए ।

निवर्तमान अध्यक्ष पवित्रा सोमैले नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिदैं आफ्नो कार्यकाललाई सफल बनाउन सहयोगहरुलाई धन्यवाद दिईन् । उनले समितिमा संगठित नभएर बाहिर रहेका हाटबजार व्यवसायीलाई गोलबद्ध गर्ने गरि काम योजनाबद्ध रुपमा काम गर्न सुझाव दिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *