कपिलवस्तु जेसिजको नेतृत्वका लागि  चार जनाको भिडन्त : यि हुन अध्यक्ष पदका दाबेदार 

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु ।कपिलवस्तु जेसिजको आगामी नेतृत्व छनोटका लागि प्रतिस्पर्धा तात्दैछ। वर्ष २०२५ का लागि अध्यक्ष, कार्यकारीणी उपाध्यक्ष, र उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता भएसँगै संस्था चुनावी माहोलमा प्रवेश गरेको छ। यस पटक कपिलवस्तु जेसिजको अध्यक्षका लागि ४ जनाले उम्मेद्धावरी दिइएका छन् ।

                                     अध्यक्ष पदका लागि चारको भिडन्त
अध्यक्ष पदका लागि चारजना उम्मेदवारले दाबी प्रस्तुत गरेका छन्। जनक प्रसाद बेल्वासे, झबिन्द्र खनाल, शुनिल पाण्डे, र मदन पौडेलबीचको यो भिडन्तले जेसिजलाई नयाँ नेतृत्व प्रदान गर्नेछ। कसले बाजी मार्ने हो, त्यो हेर्न बाँकी छ।

कार्यकारीणी उपाध्यक्षस् पाँचजनाको भिडमा दुई भाग्यमानी मात्र
कार्यकारीणी उपाध्यक्ष पदका लागि पाँचजना उम्मेदवारको मनोनयन दर्ता भएको छ। रितु खरेल, खिमानन्द घिमिरे, किरण घिमिरे, राजन अर्याल, र कमल घिमिरेले उम्मेदवारी दिए पनि यस पदमा दुईजनामात्र चयन हुने छन्। यसले प्रतिस्पर्धा निकै कडा हुने संकेत दिएको छ।

            उपाध्यक्ष पदमा पाँचजनाको लडाइँ, चारको भाग्य चम्किने
उपाध्यक्ष पदका लागि गरिमा घिमिरे, निलकमल थारु, शंशाक पौडेल, शुनिल घिमिरे, र दिनेश भण्डारी प्रतिस्पर्धामा छन्। यसमा चारजनाले पद पाउने भए पनि कसको नाम फाइनल सूचीमा आउँछ भन्ने उत्सुकता चुलिएको छ।

     निर्वाचन मिति टुंगो नलाग्दा बढ्यो अन्योल
नामावली सार्वजनिक भइसके पनि निर्वाचन मिति नतोकिएपछि उम्मेदवारदेखि समर्थकसम्म अन्योलमा छन्। चुनावको सरगर्मी चुलिँदै गर्दा मिति तय हुन नसक्दा धेरैको धैर्य चर्किन थालेको छ।

कपिलवस्तु जेसिजको यस पटकको निर्वाचनले नयाँ नेतृत्व र दिशा दिन सक्ने अपेक्षा गरिएको छ। यो चुनावले संस्था भित्रको राजनीतिक सन्तुलनलाई पुनः परिभाषित गर्ने देखिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *