७५ वर्षीय जेष्ठ नागरिकले गरे नातिनीमाथि बलात्कार

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

लमही , ५ जेठ । दाङमा ७५ बर्षीय एक जेष्ठ नागरिकले नातिनी माथि बलात्कार गरेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार तुलसीपुर उपमहानगरपापिलका वडा नं। १७ बनकट्टा निवासी ७५ बर्षीय एक जेष्ठ नागरिकले ७ बर्षीया नातिनी माथि बलात्कार गरेका हुन् ।

शनिबार अपरान्ह ४ बजेतिर नातिनी बाख्रा चराउन गएको बेलामा पानी तिर्खा लागेर पीडक बाजेको घरमा जाँदा चक्लेट खाने पैसा दिन्छु भनि जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।
प्रहरीमा उजुरी परेपछि पीडकलाई पक्राउ समेत गरिएको छ । उनलाई ५ दिन म्याद थप गरेर अनुसन्धान थालिएको छ । बालिकाको स्वास्थ्य परिक्षण पश्चात हजुर आमाको जिम्मा लगाइएको प्रहरी निरक्षक रानाले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *