पोखरा, । पोखरामा १४ लाख नगद चोरी गरेर फरार रहेका दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले रुपन्देही देवदह नगरपलका वडा नं. १० घर भएका वर्ष २२ का ईश्वर श्रेष्ठ र स्याङ्जा भीरकोट नगरपालिका वडा नं. ३ घर भएकी वर्ष २९ की पुजा श्रेष्ठलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको सहयोगमा बुटवल उपमहानगरपालिका वडा नं.११ कालिका नगरको होटलबाट बाह्र लाख बाउन्न हजार पाँच सय असी र तीन थान मोबाइलसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
पोखरा महानगरपालिका वडा नं.८ सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसको कार्यालय कक्षको काठको ऱ्याकमा रहेको चौध लाख ७४ हजार रुपियाँ चोरी भएको सञ्चालक विनोद पौडेलले बताउनुभयो।
कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा ६ दिनको म्याद थप गरी उनीहरूको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


