हिमाली बचत तथा ऋण सहकारीको १७ औँ साधारण सभा सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । हिमाली बचत तथा ऋण सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज शनिवार बाणगंगाको कोपवा स्थित अन्नपुर्ण विद्या मन्दिरको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उप सचिव मोहन अर्यालले सहकारीले शेयर सदस्यहरुको बचतलाई संरक्षण गर्दैै उनीहरुको आर्थिक अवस्था सुधार गर्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अर्यालले केहि सहकारीका कारण समग्र सहकारीकै बदनाम भैरहेको भन्दै उक्त कथनलाई चिर्नेगरि काम गर्न सुझाब समेत दिनुभयो ।

त्यस्तै बाणगंगा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दुनिका प्रसाद भुषाल, वडा नम्बर ६ का वडा अध्यक्ष करुण टण्डन, कपिलवस्तु नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष मोहनलाल शर्मा, सहकारीका पुर्व अध्यक्ष तथा सल्लाहकार चन्द्रमणी क्षेत्री लगायतले आफ्नो क्षेत्रमा भएका सहकारी संरक्षण गर्न सबै लाग्नुपर्ने बताए । देशमा आर्थिक सङ्कट पर्दा समेत सहकारीले आ आफ्नो ठाउँ बाट आर्थिक क्षेत्र चलायमान गराउन महत्वपुर्ण भुमिका खेलेको भन्दै प्रशंसा समेत गरेका थिए ।

त्यस्तै कार्यक्रमका अध्यक्ष तथा सहकारीका अध्यक्ष भरत राज न्यौपानेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आफुहरुको सहकारीमा कुनै किसिमको समस्या नरहेको स्पष्ट पार्नुभयो । त्यस्तै आगामि वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले शेयर सदस्यहरुको सङ्ख्या १ हजार ८ सय ५० पुर्याउने, शेयर पूँजीलाई ४ करोड ५० लाख सम्म पुर्याउने लगायत विभिन्न योजना तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष नरेन्द्र प्रसाद थारु, कपिलवस्तु नगरपालिका वडा नम्बर ९ र ११ का वडा अध्यक्ष क्रमश दिपक गुरुङ, राम गोपाल यादव, यशोधरा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अहमद अली खाँ, बाणगंगा नगरपालिकाका सहकारी शाखा प्रमुख सञ्जु देवी आचार्य, विभिन्न संघसंस्थाका प्रतिनिधि, सहकारीका पदाधिकारी, शेयर सदस्य लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम सहकारीका अध्यक्ष भरत राज न्यौपानेको अध्यक्षता, सञ्चालक सदस्य युवराज अर्यालको स्वागत तथा सचिव कमल खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

May be an image of 1 person, child and crowd

May be an image of 6 people, dais and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *