सिनेमा हलको विकल्प खोज्ने निश्चल बस्नेतको चेतावनी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडाैं । चलचित्र निर्देशक निश्चल बस्नेतले हिन्दी चलचित्रलाई मात्रै सिनेमा हलहरूले प्राथमिकतामा राखेको भन्दै आफू हलको विकल्प खोज्ने चेतावनी दिएका छन्। दर्शकको राम्रो प्रतिक्रिया, साथ र अकुपेन्सी हुँदा हुदै पनि हिन्दी फिल्मलाई नै धेरै शोहरू दिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्।

बस्नेतले निर्माण गरेको चलचित्र बेहुली फ्रम मेघौली अहिले सिनेमा हलमा प्रदर्शन भइरहेको छ । दर्शकको राम्रो साथ पाइरहेको यस चलचित्र अहिले तेस्रो सातामा चल्दैछ । तर सिनेमा हलहरूले दर्शकको रुचि नेपाली चलचित प्रति हुँदा हुँदै पनि हिन्दी सिनेमालाई बढी सो दिएको भन्दै बस्नेतले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन । उनले अब हलको विकल्प खोज्न लागेको पनि बताएका छन ।

सामाजिक सञ्जालमार्फत बस्नेतले लेखेका छन्, ‘राम्रो प्रतिक्रिया, दर्शकको राम्रो साथ, राम्रो अकुपेन्सी हुँदापनि तपाईंहरू चाहिँ त्यही हिन्दी फिल्मलाई नै शो दिइराख्नु है, अकुपेन्सी आलु हुँदापनि।’‘म चाहिँ हलको विकल्पतिर लागेँ।’ निश्चलको लगानी समेत रहेको ‘बेहुली फ्रम मेघौली’ घटस्थापनाको दिनदेखि प्रदर्शनरत छ। चलचित्रमा बस्नेतसहित नायिक स्वस्तिमा खड्काको मूख्य भूमिका रहेकाे छ ।

अहिले सिनेमा हलमा बस्नेतको यो चलचित्र सहित छक्का पन्जा-५, घर ज्वाइँ र १२ गाउँ पनि चलिरहेका छन् ।

Screenshot 2024-10-15 011714

बस्नेतले यसअघि पनि आफ्नो चलचित्र ‘दिमाग खराब’ प्रदर्शनको बेलामा हलले ५० प्रतिशत सेयर निर्माण पक्षलाई नदिए हलबाट सिनेमा उतार्ने चेतावनी दिएका थिए।  उनको चेतावनीपछि प्रदर्शकहरूले निर्मातालाई ५० प्रतिशतत सेयर दिन तयार भएका थिए। नेपाली र विदेशी फिल्महरूलाई बराबर शो नदिएको र फिल्म लागिरहने बेलासम्म ५० प्रतिशत प्रोड्युसरलाई नदिएको भन्दै ‘दिमाग खराब’को निर्माण पक्षले त्यतिबेला चेतावनी दिएको थियो।

अघिल्लो वर्ष मंसिर ७ गते भएको उक्त सहमतिलाई नेपाली सिने क्षेत्रको ठूलो समस्या समाधान भएको रुपमा लिने गरिन्छ। चलचित्रकर्मीहरूको नजरमा परिवर्तन ल्याउने ‘लडाकु’ को रुपमा त्यतिबेला निश्चलको धेरैले प्रशंसा गरेका थिए। उक्त कदमलाई त्यतिबेला नेपाली सिनेमा जगतमै ऐतिहासिक मानिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *