चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तु जिल्लामै सबैभन्दा धेरै विद्यार्थी रहेको सिद्धार्थ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा मनोज न्यौपाने निर्वाचित भएका छन् । मंगलबार राति सम्पन्न मतगणनामा ४ संगठनको अखिल संयुक्त प्यानलका पशुपति गरिलाई हराउँदै न्यापने विजयी भएका हुन ।
निर्वाचन समितिले जारी गरेको अन्तिम मतपरिणम अनुसार विजयी भएका न्यौपानेले ४१५ मत ल्याउँदा अखिल संयुक्त प्यानलका निकटत्म प्रतिद्धन्द्धी पशुपति गिरीले ३६४ मत ल्याएका छन । गत निर्वाचन बाट न्यौपानेले कोषाध्यक्ष र गिरीले सचिको जिम्मेवारी पाइसकेका छन ।
यस्तै सचिवमा अखिल संयुक्तकी अर्चना आचार्य, कोषाध्यक्षमा नेविसंघकी अनु थारु निर्वाचित भए भने सदस्यहरुमा ममता अधिकारी, अम्बिका पौडेल, दिपा थारु, पशुपति यादव, सिता पाण्डे, प्रमिला थारु र नविन आचार्य निर्वाचित भएका छन् ।
हेर्नुहोस अन्तिम मतपरिणम




