सञ्चारकर्मी क्षेत्रीको जन्मदिनमा विद्यालयमा हाजिरी जबाफ प्रतियोगिता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । जनहित अनलाइनकि व्यवस्थापक अनिता क्षेत्रीको जन्मदिनको अवसरमा हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भएको छ । बाणगङ्गा ८ चप्परगाउँमा रहेको श्री सुर्योदय आधारभुत विद्यालयमा आज प्रतियोगिता सम्पन्न भएको छ ।

५ वटा समुह रहेको प्रतियोगितामा एन्जिला खनाल, प्रविन थारु र असिन वि.क. को समूह प्रथम भएको छ । त्यस्तै आदर्श पौडेल, मधुसुदन गौतम र राजविर थारुको समुह दोस्रो र सिजल भुषाल, ओमप्रकाश आचार्य र दिपेन थारुको समुह तृतिय भएको छ । उनीहरुलाई नगद र प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

कार्यक्रममा शिक्षक अभिभावक संघकी अध्यक्ष जानका उपाध्याय, विद्यालयका प्रधानाध्यापक धर्मराज भट्टराईले शुभकामना मन्तव्य राख्दै जन्मदिनको अवसरमा आफ्नो विद्यालयलाई रोजेर शैक्षिक कार्यक्रम राखेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमकी अध्यक्ष तथा कार्यक्रम संयोजक अनिता क्षेत्रीले विगतदेखि नै जन्मदिनको अवसरमा अन्य विद्यालयमा विभिन्न शैक्षिक कार्यक्रम गरेको स्मरण गर्दै अहिले यस विद्यालयलाई रोजेको बताउनुभयो । जन्मदिनमा अन्य ठाउँमा खर्च गर्ने समय र अर्थलाई शिक्षामा खर्च गर्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी, शिक्षक, विद्यार्थी, जनहित अनलाइनका पदाधिकारी, अभिभावक लगायतको उपस्थितीमा भएको कार्यक्रम अनिता क्षेत्रीको अध्यक्षता, शिक्षिका कोपिला पन्थको स्वागत तथा शिक्षक रेशमलाल खनाल र सञ्चारकर्मी चेतन विष्टको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *