जनहित अनलाइन, कपिलवस्तु । अशिम क्षेत्री र जुना विश्वकर्माको मुख्य अभिनय र लोक तथा दोहोरी गायक बिक्रम परियार र गायीका समीक्षा अधिकारीको आवजमा रहेको ूसङ्गै गरम उकालीओराली बोलको नँया लोक गीत आज सार्वजनिक भएको छ ।
उक्त गीतमा रबिन देवकोटाको शब्द रचना, बिबेक कंडेलको हुकलाइन , समीक्षा अधिकारी र बिक्रम परियारको आवाज तथा असिम क्षेत्री र जुना विश्वकर्माको मुख्य अभिनय रहेको गीत वन पाखा पखेरा उकालीओराली गर्दाका माया पिरतिका कुरालाई गीतमा समेटिएको छ । गीतलाइ बिनोद भन्डारीले निर्देशन गरेका छन ।
उक्त गीतको संगीत संयोजन बिक्रम परियारले गरेका छन भने गितमा मुख्य अभिनयमा लामो समयदेखि मोडेल क्षेत्रमा पोक्त रहदै आएका अशिम क्षेत्रीलाई देख्न सकिन्छ ।
वानडिपी रेकडिङ स्टुडियोमा तयार पारीएको गितको छायांकन मकवानपुरको चित्लाङमा गरीएको छ । उक्त गित आज पुस ७ गते बिक्रम परियार अफिसियल युट्युवबाट सार्वजनिक भएको छ ।
भिडियो सहित


