कपिलवस्तु । श्रीलंकाका पूर्व राष्ट्रपति गोतावाया राजपाक्षेले शनिबार कपिलवस्तुस्थित शाक्यवंशीय राजधानी तथा राजकुमार सिद्धार्थले २९ वर्षको युवावस्था बिताएको स्थल तिलौराकोट अवलोकन गरेका छन् ।
अबिरल वर्षा भईरहेपनि उनी छाता ओढेर तिलौराकोटको पश्चिमी र तथा पूर्वी गेट तथा सेन्ट्रल वाल कम्पलेक्सका भग्नावषेश अवलोकन गरेका थिए । त्यस्तै अर्को बुद्धस्थल निग्रोधाराम र कनकमुनी बुद्धको जन्मस्थल निग्लिहवा पनि अबलोकन गरेका थिए ।
परिवारकाकेही सदस् सहित आएका उनले त्यहाँ प्रार्थना गरेका थिए । पूर्वराष्ट्रपति राजपाक्षेलाई उक्त पुरातात्विक स्थलबारे लुम्बिनी विकास कोष वरिष्ठ सूचना अधिकृत डा. हरिध्वज राई र कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीले जानकारी गराएका थिए ।
शुक्रवार उनी बुद्ध जन्मस्थल लुम्बिनी आएका थिए । उनले मायादेवी मन्दिर पुगेर पूजाआजा गरे । मायादेवी मन्दिर र अशोक स्तम्भ परिक्रर्मा गर्दै अवलोकन गरे । विश्व शान्तिको कामना गर्दै प्रार्थना पनि गरे । त्यहा रहेको पुष्करणी पोखरी र पुरातात्विक भग्नावषेश पनि अवलोकन गरे । मायादेवी मन्दिर परिसरमा झण्डै एक घण्टा बताए ।


