शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि योजना बद्ध तरिकाले गोली प्रहार

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीलाई केन्द्र बनाई गोली प्रहार भएको छ ।

गएको मध्यरातमा घरमै रहेका चौधरी माथि केन्द्र बनाई गोली चलेको हो ।
गत राती करिव साढे ११ बजेको समयमा सो घटना घटेको हो हो ।

घरमै रहेका उनी घरसगैँ सटेको शौचालयमा शौच गर्न मौका छोपी अज्ञात ब्यक्तिले गोली चलाएका हुन ।

गोली चलाउने ब्यक्ति उचाइमा आफु भन्दा अग्लो रहेको र मुखमा सेता पट्टी बाधेर आएका थिए ।
गोली लाग्नबाट बालबाल बचेका चौधरीले आफुलाई फसाउने कुनै माध्ययम नदेखेपछि केही तत्वले सिध्याउनेनै उदेश्य राखेर यस्तो कार्य गरेको बताएका छन । सो घटनासाथ उनको घरमा प्रहरी समेत पुगेको थियो ।

गोली चलाउने ब्यक्तिको खोजी भई रहेको प्रहरीले जनाएको छ ।

प्रहरी गोलीको खोका समेत प्रकाउ गरेको छ भने त्यसैका आधारमा अनुन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सुचना अधिकारी डिएसपि मोहन मणि अधिकारीले  जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *