कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको १५औं नगरसभा सम्पन्न भएको छ। नगर उपप्रमुख शिव कुमारी थारुले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो । उप प्रमुख चौधरीले आर्थिक वर्ष २०८१, ०८२ को अनुमानित १ अर्ब २४ करोड ७९ लाख ५६ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो ।
नगरस्तरीय बजेटमा ५ करोड १८ लाख विनियोजित भएको छ । त्यस्तै वडा स्तरीय योजनामा १० करोड विनियोजन गरेको नगर प्रमुख अजय थापाले जानकारी दिनुभयो ।
सामाजिक विकासतर्फ ५५ लाख विनियोजन, त्यस्तै शिक्षा त युवा तथा खेलकुदतर्फ ८ करोड ३५ लाख बजेट विनियोजन गरेको नगर प्रमुख थापाले बताउनु भयो ।
स्वास्थ्यतर्फ ३५ लाख विनियोजन हुँदा कृषि विकास तर्फ १ करोड विनियोजन भएको र पशु विकास तर्फ ५० लाख विनियोजन भएको शिवराज नगरपालिकाले जनाएको छ ।





