एक साताभित्र एसईई नतिजा प्रकाशन हुँदै, नयाँ लेटरग्रेडिङले धेरै फेल हुने अनुमान

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा अबको एक साताभित्र प्रकाशित गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले अहिले यसका लागि तयारी भइरहेको जनाएको छ। यसअघि नै बोर्डले असार दोस्रो साताभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य लिएको थियो। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का उप-नियन्त्रक भक्त गोदारले अबको एक साताभित्र नतिजा […]

लुम्बिनीमा सञ्चार बजेट सच्चाउन बन्यो कार्यदल, सञ्चार सम्बद्ध संस्थाको आन्दोलन स्थगित

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी वर्षका लागि ल्याएको बजेटविरुद्ध आन्दोलनरत सञ्चार सम्बद्ध संघसंस्थाहरुले आन्दोलन स्थगित गरेका छन् । आइतबार बजेट सच्चाउन कार्यदल बनेपछि उनीहरूले आन्दोलन स्थगित गरेका हुन् । आन्तरिक मामिला तथा कानून मन्त्री दिनेश पन्थीको मन्त्रीस्तरीय निर्णयबाट माग सम्बोधनका लागि कार्यदल गठन भएको हुँदा आन्दोलन स्थगित गरिएको हो । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा […]

मुख्यसचिव अर्यालसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठ अर्यालसहित ११ जना र एक कम्पनी गरी १२ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुख्यसचिव अर्यालसहितका अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । बहालवाला मुख्यसचिवविरुद्ध नै भ्रष्टाचार मुद्दा लागेको यो नेपालको पहिलो घटना हो । मुख्य सचिव […]

शिवराज नगरपालिकाद्वारा १ अर्ब २४ करोड ७९ लाख बढीको बजेट सार्वजनिक

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको १५औं नगरसभा सम्पन्न भएको छ। नगर उपप्रमुख शिव कुमारी थारुले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो । उप प्रमुख चौधरीले आर्थिक वर्ष २०८१, ०८२ को अनुमानित १ अर्ब २४ करोड ७९ लाख ५६ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो । नगरस्तरीय बजेटमा ५ करोड १८ लाख विनियोजित भएको छ […]

कपिलवस्तु बाट विदेसिनेको संख्या उच्च , ११ महिनामा मात्र ४३ जनाको मृत्यु

कपिलवस्तु । स्वदेशमा रोजगारीको अभाव र आकर्षक तलबको लोभमा परेर बैदेशिक रोजगारीमा जानेको संख्या दिनदिनै बढ्दै गएको छ । आर्थिक अवस्था उकास्न भन्दै एजेन्टको भरमा परेर बैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर बढ्दै गएको छ। रोजगारीमा जानेका संख्या बढेसँगै जोखिम समेत बढेको छ।जोखिम बढे पनि बैदेशिक रोजगारीमा जानेको संख्या भने घटेको छैन। भने अनुसारको काम नपाएको, […]

नेपालको श्रमबजारलाई विदेशिनबाट रोक्न आवश्यक: मुख्यमन्त्री महरा

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेपालको श्रमबजारलाई विदेशिनबाट रोक्नुपर्ने बताएका छन्। दाङको घोराहीमा सूचना तथा सञ्चार, प्रविधिको विकासको नवीनतम् प्रयोग (कृत्रिम बौद्धिकता) सम्बन्धी कार्यक्रम शनिबार उद्घाटन गर्दै उनले नेपालले उत्पादन गरेका योग्य श्रमशक्तिलाई देशमै उपयोग गर्नेबारे सबै पक्षले छलफल चलाउनुपर्ने बताएका हुन्। लुम्बिनी प्रदेश सरकारले पर्यटन, पर्यावरण, कृषि, जलस्रोतलगायतका क्षेत्रमा प्रविधिको प्रयोग गरी […]