व्यवसायीलाई अनावश्यक दबाब नदिन वित्तिय संस्थालाई उद्योग वाणिज्य संघको आग्रह

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । असार मसान्तको नाममा व्यवसायीहरुलाई अनावश्यक दबाब नदिन बैँक तथा वित्तिय संस्थाहरुलाई कपिलवस्तु उद्योग वाणिज्य संघले आग्रह गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै चरम आर्थिक सङ्कटमा परेका व्यवसायीहरुलाई विभिन्न बहानामा ब्याज र किस्ता तत्काल तिर्नुपर्ने भन्दै दबाब दिएकोले त्यस्तो नगर्न आग्रह गरेको हो ।

विगत पाँच वर्षदेखी कहिले कोरोना कहर त कहिले देशमा चलेको आर्थिक मन्दीका कारण उद्योगी व्यवसायीहरुले आफ्ना व्यवसायहरु पूर्ण रुपमा सञ्चालन गर्न नसकेको भन्दै नियमित ब्याज तथा किस्ता तिर्न नसकेको संघले जनाएको छ । यस्तो आफ्ठ्यारो परिस्थितीमा व्यवसायीहरुको ढाड सेक्ने काम नगर्न वित्तिय संस्थालाई संघले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *