विजयनगरमा मोटरसाइकल र ट्याक्टर ठोकिँदा एक युवकको मृत्युु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको विजयनगरमा मोटरसाइकल र ट्याक्टर ठोकिँदा एक जनाको मृत्युु भएको छ ।विजयनगर गाउँपालिका ६ बद्धौर हुलाकी सडकमा मोटरसाइकल र ट्याक्टर ठोकिँदा कृष्णनगर नगरपालिका १ का मोटरसाइकल चालक २९ वर्षीय बुफरान खाँ को मृत्यु भएको हो ।

भारतीय युपी ५५ एम नम्बरको मोटरसाइकल र लु ५ त ७१३ नम्बरको ट्याक्टर एकआपसमा ठोकिँदा मोटरसाइल चालक बुफरान खाँ को मृत्युु भएको हो । गम्भीर घाइते भएका खाँको उपचारको क्रममा चौराहा अस्पताल बुटवलमा मृत्युु भएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *