लुम्बिनी प्रदेशको योजना आयोग उपाध्यक्षमा कपिलवस्तुका खनाल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

दाङ । लुम्बिनी प्रदेश मन्त्रीपरिषद् बैठकले योजना आयोगको उपाध्यक्षमा कपिलवस्तुका सरोज खनाललाई नियुक्त गर्ने निणर्य गरेको छ । बाणगंगा नगरपालिका-८, कपिलवस्तु निवासी खनाल शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रमा लामो समय काम गरेको अनुभव बटुलेका व्यक्ति हुन् ।उनी यस अघि प्रदेश योजना आयोगको सदस्यमा रहेर काम गरि सकेका छन् ।

नव नियुक्त उपाधयक्ष खनाल कपिलवस्तु स्थित लुम्विनी भिजन कलेज कपिलवस्तुका संचालक समिती अध्यक्ष , युनाइटेड हस्पीटकलको सस्थापक अध्यक्ष ,सामुदायिक टेलिभिजन बुद्ध आवाजको संचालक समती महासचिव लगायतका दर्जनौ सामाजिक सस्थामा नेतृत्वदायि भूमीकाकामा रहदै आएका ब्यक्रि हुन । अर्थशास्त्र र अंग्रेजीविषयमा एमए उत्तिर्ण खनालले लामो समय प्रधयापन पेशमा समेत संलग्न थिए ।अघिल्लो सरकारको पालामा नियुक्त भएका प्रदेश योजना आयोगका उपाध्यक्ष डा नहकुल केसीले राजीनामा दिएपछि प्रदेश योजना अयोग पदाधिकारी विहिन भएको थियो । मुख्यमन्त्री महराले आफ्नो सचिवालयमा दुई जना विज्ञलाई नियुक्त समेत गरेका छन् । पूर्वाधार विज्ञको रूपमा पवन बराल र अर्थ तथा विकास विज्ञको रुपमा सुुशान्त बैद्दिकलाई नियुक्त गरेका हुन् ।

लुम्बिनी प्रदेश सरकारले यही जेठ २१ गते आगामी आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याउने भएको छ । प्रदेश मन्त्रीपरिषद्को आज शुक्रबार बसेको बैठकले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निणर्य गरेको हो । नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख अमिक शेरचनलाई आमन्त्रण गर्ने निणर्य भएको स्वास्थ्य मन्त्री दिपेन्द्र पुनले जानकारी दिए ।

यस्तै प्रदेश मन्त्री परिषद् बैठकले प्रदेश सरकार मातहतमा रहेका अस्पतालहरुको प्रमुखहरुको सरुवा समेत गरेको छ । जस अन्र्तगत गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बञ्जाडेलाई कपिलवस्तु अस्पतालमा सरुवा गरिएको छ । भिम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।मोहमद नुरुल होदालाई पृथ्वीचन्द्र अस्पताल परासी र डा।सकुन्तला गुप्ता लुम्बिनी प्रादेशीक अस्पतालबाट भिम अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको रुपमा सरुवा गरिएको स्वास्थ्य मन्त्री पुनले जानकारी दिए । यस्तै लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको रुपमा डा।इन्द्र ढकाललाई बनाउने निणर्य भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *