नागरिकको स्वास्थ्य सङ्ग जोडिएको खानेपानीको सम्बन्धमा नगर सचेत छः मेयर अर्याल

चेतन विष्ट, कपिलवस्तु । बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले बाणगङ्गाले खानेपानीको क्षेत्रमा गरेको कार्यको सबैले प्रशंसा गरेको बताउनुभयो । नागरिकको स्वास्थ्य सङ्ग प्रत्यक्ष रुपमा जोडिएको खानेपानीको सम्बन्धमा नगर सचेत रहेको पनि उहाँले बताउनुभएको छ । खानेपानि तथा सरसफाइ उपभोक्ता महासंघ बाणगंगा नगरका दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएका हो । मेयर अर्यालले खानेपानीको गुणस्तर […]

ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसनद्वारा भाषा पास गरेका विद्यार्थीहरुलाई बिदाइ तथा सम्मान

चेतन विष्ट, कपिलवस्तु । ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसन चारनम्बरले कोरियन र जापानीज भाषा पास गरेका विद्यार्थीहरुलाई बिदाइ तथा सम्मान गरेको छ । सन २०२४ मा इ.पि.स. कोरियन भाषा र जापानीज भाषा पास गरेका विद्यार्थीहरुलाई शनिबार राजापनिमा रहेका स्टार होटलमा एक कार्यक्रममका बिच बिदाइ तथा सम्मान गरिएको हो ।   यस वर्षको जुलाई इन्टेकमा जापानीज भाष […]

खानेपानि तथा सरसफाइ उपभोक्ता महासंघ बाणगंगाको अध्यक्षमा पुनः कार्की चयन

जनहित अनलाइन, कपिलवस्तु । खानेपानि तथा सरसफाइ उपभोक्ता महासंघ बाणगंगा नगरको अध्यक्षमा पुनः विश्व कार्की चयन हुनुभएको छ । शनिबार बाणगंगाको नन्दनगरमा भएको महासंघ बाणगंगाको दोस्रो नगर अधिवेशनले कार्कीलाई अध्यक्षमा सर्वसम्मत दोहो¥याएको छ । कार्र्की आगामि चार वर्षका लागि अध्यक्षमा चयन हुनुभएको हो । जसको उपाध्यक्षमा सञ्जु सेन, सचिवमा खडानन्द गौतम, सह सचिवमा पुष्पा भण्डारी […]

कपिलवस्तुको बाणगंगा बाट १९ वर्ष १० महिनापछि एक प्रतिवादी पक्राउ

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा बाट फरार एक प्रतिवादी १९ वर्षपछि पक्राउ परेका छन । कर्तव्य ज्यान सम्बन्धी मुद्दामा फरार रहेका होमनाथ पौडेललाई १९ वर्ष १० महिनापछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको । २०६१ साल असार २९ गते रातको समयमा साविक गजेहडा गाविस वडा नं.७ हाल बाणगंगा नगरपालिका वडा नं.४ डुगा स्थित […]

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटेको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा […]

लुम्बिनी प्रदेशको योजना आयोग उपाध्यक्षमा कपिलवस्तुका खनाल

दाङ । लुम्बिनी प्रदेश मन्त्रीपरिषद् बैठकले योजना आयोगको उपाध्यक्षमा कपिलवस्तुका सरोज खनाललाई नियुक्त गर्ने निणर्य गरेको छ । बाणगंगा नगरपालिका-८, कपिलवस्तु निवासी खनाल शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रमा लामो समय काम गरेको अनुभव बटुलेका व्यक्ति हुन् ।उनी यस अघि प्रदेश योजना आयोगको सदस्यमा रहेर काम गरि सकेका छन् । नव नियुक्त उपाधयक्ष खनाल कपिलवस्तु स्थित […]

लुम्बिनी प्रदेश: चालु आर्थिक वर्षका १३ सय २३ आगलागीका घटनामा ३१ जनाको मृत्यु

दाङ । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको अहिलेसम्म भएका आगलागीका घटनामा ३१ जनाको मृत्यु भएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार प्रदेशका १२ जिल्लामा भएका १३ सय २३ आगलागीका घटनामा ३१ जनाको मृत्यु भएको हो भने १११ जना घाइते भएका छन्। तथ्यांकअनुसार १० महिनाको अवधिमा आगलागीमा १४ महिला, १० पुरुष र सात बालबालिकाको मृत्यु भएको […]