लिङ्देनका स्वकीय सचिवले राप्रपाका प्रदेश सभा उम्मेदवारलाई हेल्मेटले कुटे

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव क्षत्र कडायतले पाल्पाका राजु गैरेमाथि हेल्मेट प्रहार गरेका छन् ।

गत निर्वाचनमा पाल्पामा प्रदेश सभातर्फ क्षेत्र नम्बर–२( ख ) राप्रपाका उम्मेदवार बनेका गैरेले सामाजिक सञ्जालमा अध्यक्षविरुद्ध लेखेको भन्दै कडायतले हेल्मेटले हानेका हुन् । बुधबार केही साथीहरूसँगै विशालनगरमा चियागफ गरिरहेको बेला गैरै भएकै ठाउँमा पुगेर कडायतले हेल्मेटले हानेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *