रुपन्देहीको घाघरा खोलामा खसेको जिपका चालक र सहचालकको शव फेला

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

तिलोत्तमा । रुपन्देहीमा शनिबार घाघरा खोलामा खसेको दूध बोक्ने गाडीका चालक र सहचालकको शव फेला परेको छ । शनिबार बिहानै मर्चवारदेखि दूध संकलन गर्दै अन्यत्र संकलनका लागि हिँडेको भे १ च २६७६ नम्बरको जिप खोलामा खसेर हराएपछि उनीहरु बेपत्ता थिए ।

हराएको जिप आइतबार साँझ ६ बजे सिद्धार्थनगर नगरपालिका(१० र मायादेवी गाउँपालिका-२ मा पर्ने घाघरा खोलामा फेला परेको थियो ।सो गाडीका चालक प्रकाश तामाङ र सहचालक उमेश लोधको शव सोमबार बिहान सोही खोलामा जिप भेटिएको स्थानदेखि १ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालले बताइन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले निरन्तर खोजतलास गर्दा खोलामा पानी कम भएपछि शव भेटिएको उनले जनाइन् ।

सम्मरीमाई गाउँपालिका-५ रोइनिहवास्थित तिवारी दूध संकलन केन्द्रबाट सो गाडी दूध लिएर शनिबार बिहान भैरहवा तर्फ आउँदै थियो । सोही क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछाडि रहेको घाघरा खोलाबाट जिप र उनीहरु हराएको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *