रुखबाट लडेर पाल्पाको रम्भामा महिलाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका-५ ढाकर डाँडाकी ३१ वर्षीया मीना कुमारी लामिछानेको रुखबाट लडेर शुक्रबार मृत्यु भएको छ।

आफ्नै बारीको कान्लामा रहेको काभ्रोको रुखमा चढेर घाँस काट्ने क्रममा बिहान सवा आठ बजे उनी लडेर घाइते भएकी थिइन्।

तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *