रिपोर्टस क्लब नेपाल कपिलवस्तु: पौडेलको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । रिपोर्टस क्लब नेपाल कपिलवस्तुको अध्यक्षमा नवराज पौडेल चयन भएका छन्। क्लबको आठौँ साधारण सभा तथा चौथो अधिवेशनबाट पौडेलको अध्यक्षतामा २९ सदस्यीय समिती निर्विरोध निर्वाचित भएको हो ।

जिल्ला कार्य समितीको वरिष्ठ उपाध्यक्ष सुर्य गुरुङ, उपाध्यक्ष बृजेस कुमार जयसवाल, बलबन्द गुप्ता र बिपना भुसाल, महासचिव केसव बेल्वासे, सचिव अजय मिश्र, बृजेस यादव, कोषाध्यक्ष अनेक पाण्डे, सह कोषाध्यक्ष कृष्ण पौडेल र सदस्यहरू शुसिल गैरे, रमा संकर तिवारी, धर्मेन्द्र चौधरी, आरती परीयार, गौतम यादव, नन्द किशोर, सुनिता चौधरी, पुनहरी घिमिरे, विकाश श्रीवास्तव, अनुप पन्थी, धनिराम कोरी, लक्ष्मि चौधरी, लक्ष्मण सापकोटा, राघवेन्द चौवे, हनुमान पाण्डे, प्रभुनाथ गुप्ता, पुजा बस्नेत र तुल्सीराम बेल्वासे चयन भएका छन्।

चन्द्रौटामा सम्पन्न रिपोर्टस क्लब नेपाल कपिलवस्तुको साधारण सभा तथा अधिवेशन क्लबका अध्यक्ष सनिउल्ला धोबिको अध्यक्षतामा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष बसन्त गिरीको प्रमुख आतिथ्यतामा र जिल्ला उपाध्यक्ष खगप्रसाद चापागाईको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि गिरीले पत्रकारहरूको समाजको यथार्थ बाहिर ल्याउने भूमिकामा ध्यान केन्द्रित गर्न आग्रह गर्दै व्यवसायिक पत्रकारिता र विधागत पत्रकारिता तर्फ सबै पत्रकार लाग्नुपर्ने बताउनु भयो ।

पत्रकार महासंघ जिल्ला उपाध्यक्ष चापागाईले पत्रकारिता पलायनलाई रोक्नुपर्ने अवस्था आएको भन्दै पत्रकारीता र अन्य कामलाई पनि सँगसँगै लैजान आग्रह गर्नुभयो। साथै, पत्रकारको हक, हित र क्षेमताको विकासका लागि पत्रकार महासंघबाट हुने काममा लागिपर्ने पनि बताउनुभयो।

कार्यक्रममा व्यापार संघका केन्द्रीय सदस्य महादेव पोख्रेल, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरि पाण्डे, शिवराज वडा नं १ का वडा अध्यक्ष खिम बिक्रम केसी, अकोराब लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष राजु खराल लगायतले शुभकामना मन्तव्य दिँदै रिपोर्टस क्लबले समाजमा लुकेका समस्याहरू बाहिर ल्याउन र खोज पत्रकारितामा कलम चलाउन आग्रह गदै नयाँ समितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो ।

कार्यक्रमका अध्यक्ष सनिउल्ला धोबिले नवनिर्वाचित समितिलाई पद हस्तान्तरण गर्दै रिपोर्टस क्लबलाई अझ सक्रिय र चलायमान बनाउन आग्रह गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *