सागर बेल्वासे, पौष १० कपिलवस्तु ।
पछिल्लो समय सांगठनिक संरचनालाइ व्यापक बनाउदै राष्ट्रिय स्वतन्त्र पार्टी बाणगङ्गा नगरपालिका वडा नम्बर ९ का तदर्थ समिति सभापति चन्द्र बहादुर कुंवर (रामु) को सभापतित्वमा वडा अधिवेशन सम्पन्न भएको छ।
कार्यक्रम रास्वपा केन्द्रिय संगठन बिभाग सदस्य तथा कपिलवस्तु इन्चार्ज गोपाल घिमिरेको प्रमुख आतिथ्यतामा प्रथम अधिवेशन भएको छ।
विहिबार भएको कार्यक्रममा पार्टीलाइ छोटो समयमा यो अवस्थामा पुराउदै परिवर्तनको घण्टी बजाउन तम्तयार रहनुभएका उपस्थित सबैलाई आफ्ना मन्तव्य सहित जिल्ला उपसभापति बिक्रम थापाले स्वागत गर्नुभएको थियो।
उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी बक्ता गोपाल घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी आगामी निर्वाचनपछि वैकल्पिक शक्ति मात्र नभएर मूलधारको राजनीति बाट परिवर्तनको दिसानिर्देस गर्न देस ब्यापी रुपमा सांगठनिक संरचना मजबुत बनाउदै अगाडि बढेका सबै परिवर्तनकारिहरुलाई कसैले रोकेर नसक्ने कुरा बताउनुभएको थियो।
कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेश प्रबक्ता कमल पोख्रेल , कपिलवस्तु जिल्ला सभापति शिव कुमार सुवेदी कपिलवस्तु संगठन बिभाग प्रमुख लगायत सबै बक्ताले सबै वडा सहित यो वडामा आजको जनलहरले परिवर्तनको सबैको यस्तै उत्साहजनक सहयोगले कपिलवस्तुका तीन वटै निर्वाचन क्षेत्र घन्टिमय बनाउनेमा लाग्न अनुरोध गर्दै आगामि परिणाम अप्रत्याशित बन्नेमा आफूहरु बिस्वस्त रहेको कुरा ब्यक्त गर्नुभएको थियो।
सोही कार्यक्रममा युवा देखि जेष्ठ नागरिक सम्मका १५७ जनाले रास्वपाको सदस्यता सहित सुसासन परिवर्तनको यात्रामा ब्याज र टीका सहित आबद्दता जनाउनुभएको छ।
आज भएको प्रथम अधिवेशनले युवाहरुको रोजाइमा रहेका सामाजिक एबम सफल युवा ब्यबसाइ नवराज गुरुङ को सभापतित्वमा योगेन्द्र पौडेल उपसभापति ,पूर्णिमा थारू राना सचिव सहित मित्रलाल पौडेल,सादन केसी,सोनु बञ्जाडे,अनु परियार,सिता अधिकारी,मधु राना,शान्ती खड्का गुरुङको समिति प्रथम अधिवेशनले निर्वाचित गरेको छ।
साथै २१ सदस्यीय सल्लाहकार समिति र १५ सदस्यीय RAT समिति समेत गठन गरिएको छ।
जिल्ला सल्लाहकार चिरञ्जीवी आचार्य ,शिव प्रसाद पौडेल कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का सभापति हेमन्त श्रेष्ठ,सचिब लक्ष्मण कंडेल वडा नम्बर ८ का सभापति गोबिन्द जि सि,जिल्ला प्राबिधिक कृष्ण प्युठानी बिस्णु गैरे लगाएतको उपस्थिति रहेको कार्यक्र बाणगङ्गा नगर सभापति बुद्दी सागर बेल्बासेको सन्चालनमा सम्पन्न भएको हो ।










