राप्रपा शुद्धोधन १ मा वडा कमिटी गठन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा वडा कमिटी गठन गरिएको छ । मंगलबार राप्रपा केन्द्रिय सदस्य ध्रुव बहादुर रायमाझीको प्रमुख आतिथ्यता, शुद्धोधन गाउँपालिका कमिटी अध्यक्ष विजय कुमार पान्डेको विशिष्ट आतिथ्यतामा भएको विशेष कार्यक्रममा वडा कमिटी गठन भएको हो ।

कार्यक्रममा बोल्दै केन्दिय सदस्य रायमाझीले विदेशिहरुको इसारामा बनेको २०७२ सालको संविधान पुर्ण रुपमा असफल भएको बताउनुभयो । अहिलेको संविधानले नेपालको धर्म संस्कृति, मुल्य मान्यता र पहिचान मेटाएको र मिलेर बसेको समाजलाई विभाजित गर्न खोजेको समेत उहाँले आरोप लगाउनुभयो ।

सोहि कार्यक्रममा जनमत लोसपा पार्टी त्यागरे करिब १ दर्जन व्याक्ति राप्रपमा प्रवेश गरेका छन । उनीहरुलाई केन्द्रिय सदस्य रायमाझि र बिजय कुमार पान्डेयले सदस्यता प्रदान र अभिर लगाई स्वागत गर्नु भएको थियो ।

सोहि कार्यक्रममै उक्त ईन्तियाज अहमदको अध्यक्षतामा ११ सदस्यीय राप्रपा गाउपलिका कार्यसमिती र सर्बेन्द्र नाउको अध्यक्षतामा ७ सदस्यीय युवक संगठन समेत गठन गरिएको छ ।

May be an image of 8 people and text

May be an image of 9 people, tree and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *