राप्रपा नेता डाँगीको निधनको १३ औं दिनः कपिलवस्तुमा शोक सभा सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का स्व. नेता ठाकुर प्रसाद डाँगीको १३ औँ दिनको पुण्य तिथिमा कपिलवस्तुमा शोक सभा सम्पन्न भएको छ । राप्रपा कपिलवस्तुले राधाकृस्ण मन्दिर तौलिहवामा शनिबार एक मिनेट मौन धारण गरी हार्दिक श्रद्धाञ्जली अर्पण गरेको हो ।

गत २०८० चैत्र २७ गते राप्रपाले आयोजना गरेको आन्दोलनको क्रममा घाइते भएका डाँगीको यहि बैशाख ३ गते उपचारको क्रममा निधन भएको थियो ।

कार्यक्रममा बोल्दै राप्रपा केन्द्रिय सदस्य ध्रुव बहादुर रायमाझीले पार्टीले आयोजना गरेको शान्तिपुर्ण आन्दोलनमा सरकारले बलजस्ती गर्दा राष्ट्र र पार्टी प्रति कर्मठ र इमान्दार व्यक्तिले ज्यान गुमाउनु परेको बताउनुभयो । स्व. डाँगीलाई सहिद घोषण गर्नुपर्ने पार्टीको माग रहेको पनि उहाँले बताउनुभयो । नेता रायमाझीले देशको अवस्था र व्यवस्था बदल्न जनभावना अनुरुप गरिएको आन्दोलमा हस्तक्षेप गर्नु गलत रहेको बताउनुभयो ।

May be an image of 6 people, temple and text

जिल्ला अध्यक्ष नारायणबहादुर सिंहको अध्यक्षतामा भएको शोक सभा कर्याक्रममा राप्रपाका नेता कार्यक्रता लगायतको उपस्थिती रहेको थियो ।

May be an image of 1 person and text that says 'भावपुर्ण श्रद्धाझ्दली 寶 राष्टिय प्रजातन्त्र पार्टी सहिद ठाकर प्रसाद डॉँगीको निधन मएको 93 औ दिनको पुण्यतिथिमा कपिलवस्तु जिल्लामा आयोजित शदुज्जली सभा कार्यत्रम। सहिद ठाकर प्रसाद डाँगी अमर रहुन। आयोजक राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति कपिलवस्तु'

May be an image of 7 people, temple and text that says 'भावपुर्ण भावपुर्णशवाली श्रद्धासली ඇදකනනන 3 सहिद ठाफ्ूर प्रसाद కటటితా ថែបេត सहको ॐ दिनको पसविडिता ज्योजित पਨੂડजाली कारयंकहत। कपिलवसत सहिद ठाकर प्रसाद डॉजी अमर रहुन। राष्टिय o3nacR पार्टी सदियয়ु'

Leave a Reply

Your email address will not be published. Required fields are marked *