जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका–५ हुलाकी सडक कटुवामा मोटरसाइकले ठक्कर दिँदा एक बृद्धा महिलाको मृत्युु भएको छ । मृत्यु हुनेमा वडा नम्बर ५ कटुवाकी ६४ वर्षीय सिरिताजी पासी हुन् । युपी ४७ एन ०३२७ नम्बरको भारतीय मोटरसाइकलले ठोकिँदा पैदल यात्री पासीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
हुलाकी सडक हुँदै पिपरीतिर आउँदै गरेको भारती मोटरसाइकलले उनलाई ठक्कर दिँदा घाइते भएकी थिइन् । उनको संजीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।

