महाराजगञ्ज नगरपालिकामा ५० प्रतिशत अनुदानमा पम्पसेट

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलबस्तु, माघ ०२ । महाराजगञ्ज नगरपालिकाले अनुदानमा सिँचाइ सामग्री वितरण गर्ने भएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा सिँचाइ सामग्री वितरण गरिने जनाएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को नगरपालिकाको कृषि विकास शाखाको स्वीकृत वार्षिक साना सिँचाइ कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण गरिने नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा सहभागी हुन चाहने इच्छुक कृषक, फर्म, कम्पनी, कृषक समूह, सहकारी र जलउपभोक्ता समितिले १५ दिनभित्र आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *