मजदुर मृत्युको घटनाले कावासोती तनावग्रस्त

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नवलपुर । नवलपरासी पूर्व (नवलपुरको) कावासोती नगरपालिकामा नाला निर्माणको क्रममा पुरिएर मजदुरको मृत्यु भएको घटनालाई लिएर कावासोती तनावग्रस्त बनेको छ ।

ठूलो सङ्ख्यामा आएका स्थानीयले नगरप्रमुख विष्णु भुसालको घर घेराउ गर्दै तोडफोड गरेका छन् । स्थानीयले कावासोती नगरपालिका कार्यालयमा समेत तोडफोड गरेका छन् ।

स्थानीयलाई रोक्ने क्रममा प्रहरी र स्थानीयबीच झडप समेत भएको छ । प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि प्रहरीले स्थितिले नियन्त्रणमा लिन ३० सेल अश्रुग्याँस प्रहार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार अहिलेसम्म ३० सेल बढी अश्रुग्याँस प्रहार भएको छ । प्रदर्शनकारीको आक्रमणमा परी ४ जना प्रहरी घाइते भएको प्रहरी नायव उपरीक्षक प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी, प्रदर्शनकारीको आक्रमणबाट पत्रकार कल्पना कुँवर, स्थानीय संजय श्रेष्ठ पनि घाइते भएका छन् । बिहीबार साँझ नगरपालिकाले पानी निकासका लागि नाला निर्माण गर्न खाल्डो खन्दै गर्दा त्यही काम गर्ने तीन जना मजदुरको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको थियो ।

मृत्यु हुनेमा कावासोती नगरपालिका–५ लक्ष्मीनगर बस्ने ३२ बर्षीय चमेली दर्लामी, ५१ वर्षकी रिता सोती र २६ वर्षकी तान माया गाहा रहेका छन् ।

यसैबीच नगरपालिकामा पीडित पक्ष, सरोकारवाला र नगरपालिकाबीच छलफल चलिरहेको छ । मृतकका परिवारलाई क्षतिपूर्ति दिनु पर्ने, दोषीलाई कारबाही गर्नु पर्ने, मृतकका परिवारका आफन्तलाई रोजगारीको व्यवस्था गर्नु पर्ने लगायतका माग राखेका छन् ।

यसैबीच कावासोती नगरपालिकाले आज ३ जना मजदुरको निधन भएकोमा दुःख व्यक्त गर्दै शोक बिदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *